भक्तपुरमा बिप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीेकाे काेण सभा , राष्ट्रिय स्वाधिनता र समाजवादकाे पक्षमा नाराबाजी

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी, भक्तपुरले आइतबार गठ्ठाघर चोकमा “राष्ट्रिय स्वाधिनताका लागि समाजवाद” भन्ने मूल नारासहित कोण सभा सम्पन्न गरेको छ। कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य एवं भक्तपुर नगर इन्चार्ज क. विद्रोही प्रमुख वक्ता रहनुभएको थियो।

काेण सभाको सञ्चालन सूर्यविनायक नगर सेक्रेटरी क. विश्वास सी.ले गर्नुभएको थियो। प्रमुख वक्ता क. विद्रोहीले वर्तमान सरकार विदेशी शक्तिको डिजाइनमा बनेको आरोप लगाउँदै तत्काल यसको विघटनको माग गर्नुभयो। उहाँले नयाँ जनपक्षीय र सर्वपक्षीय राजनीतिक सरकार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, उहाँले हाल GenZ पुस्तामाथि भइरहेको दमनको अन्त्य गर्नुपर्ने, भ्रष्टाचारविरुद्ध विशेष आयोग गठन गरी ठोस छानबिन गर्नुपर्ने माग पनि अघि सार्नुभयो। कार्यक्रममा सहभागीहरूले राष्ट्रिय स्वाधिनता, सामाजिक न्याय र जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराउन नाराबाजीसमेत गरेका थिए।

कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Facebook
Twitter