काठमाडौंमा संयुक्त विद्यार्थी कार्यक्रम घोषणा

काठमाडौं, —
कम्युनिस्ट आन्दोलनलाई फेरि संगठित र एकताबद्ध बनाउने उद्देश्यले अखिल (समाजवादी) लगायत अन्य विभिन्न विद्यार्थी संगठनहरूले काठमाडौंमा सयुक्त रूपमा बृहत् संयुक्त कार्यक्रम गर्ने भएका छन्। मंसिरको पहिलो हप्तामा गर्न लागिएको यस कार्यक्रमलाई नेपालका प्रमुख वाम नेताहरूको उपस्थितिमा आयोजना गरिने बताइएकाे छ ।

नेकपा महासचिव विप्लव देखी घनश्याम भुषाल , धर्मेन्द्र बास्तोला , जनार्दन शर्मा, सीपी गजुरेल, आहुति, मोहन विक्रम लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ।

संयुक्त विद्यार्थी संगठनको बैठकले बदलिएको राजनीतिक परिवेशमा कम्युनिस्ट आन्दोलनलाई समन्वित रूपले अघि बढाउन आवश्यक ‘सामूहिक पहलकदमी’ को निर्णय गरेको हो। विद्यार्थी संगठनका अनुसार, यो कार्यक्रम आगामी चरणमा वाम एकता र वैचारिक बहसलाई नयाँ मोड दिने संकेतका रूपमा हेरिएको छ।

Facebook
Twitter