काठमाडौं । बिप्लव नेतृत्वको नेकपा (माओवादी) निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। आयोगले पार्टीलाई चुनाव चिन्ह ‘गुलाबको फूल’ प्रदान गरेको छ। माओवादी नाम, सिद्धान्त र पहिचानसहित दर्ता भएको यो पार्टी अब औपचारिक रूपमा चुनावी राजनीतिमा प्रवेश गरेको घोषणा गरिएको छ।

“कम्युनिष्ट नेता र कम्युनिष्ट पार्टीको जीवनशैली कस्तो हुनुपर्छ भनेको उदाहरण आज बिप्लव र उनको जीवनपद्धतिले नै देखाउँछ,”
बिप्लव नेतृत्वले विगतमा भ्रष्टाचारविरुद्ध कार्वाहीहरू गर्दै आएकाे थियाे । बिप्लबले हाल आत्मनिर्भर जीवनशैली र आत्मनिर्भर पार्टी निर्माणमा जोड दिएका छन् यही कारणले पनि जनस्तरमा उनको छवि ‘व्यवहारिक कम्युनिष्ट’ का रूपमा स्थापित हुँदै गएको छ।
जनयुद्ध, एकिकृत जनक्रान्ति र माओवादी आन्दोलनको ऐतिहासिक भूमिकालाई पुनः स्मरण गराउँदै बिप्लवले अब बाँकी कार्यभार ‘एकीकृत जनक्रान्तिलाइ चुनावी प्रयाेग मार्फत पूरा गर्ने संकेत दिएका छन्।
बिप्लवले आफ्नो सम्बोधनमा भनेका छन्—
“माओवादी सकिएको छैन, नयाँ रूपमा फेरि जन्मिएको छ। हामी समाजवादको नारा लिएर पार्टी मात्र होइन, पूरा देशलाई आत्मनिर्भर अभियानमा होमिन तयार छौँ।”
बिप्लवको नयाँ राजनीतिक उदयले माओवादी आन्दोलनभित्र नयाँ शेड र नयाँ प्रतिस्पर्धा सिर्जना गरेको छ। देशको आगामी राजनीति र चुनावी समीकरणमा यसको प्रभाव कस्तो पर्छ भन्ने प्रतीक्षा उस्तै छ।



