चुनाव सार्न ‘विशेष’ महाधिवेशनको नाटक, कांग्रेसका महामन्त्रिहरू नै मुख्य कलाकार ?

नेपाली कांग्रेसले ‘विशेष महाधिवेशन’ को नाममा अहिले जुन राजनीतिक नाटक मञ्चन गरिरहेको छ, त्यसको उद्देश्य पार्टी सुधारभन्दा पनि आउँदो निर्वाचन सार्ने योजना जस्तो देखिन थालेको छ। यस नाटकका मुख्य पात्र स्वयम् दुई जना महामन्त्रि हुनु आफैँमा गम्भीर प्रश्न हो। दशकाै देखि सत्ता सम्हालिरहेका व्यक्तिहरू नै पार्टीभित्रको कथित सुधारको नाममा राजनीतिक अस्थिरता बढाइरहेका छन्।

प्रश्न उठ्छ— यो ‘विशेष’ भनिएको महाधिवेशन कसका लागि विशेष हो?
के यो गगन थापा र विश्वप्रकाश शर्माले पार्टी स्थापना गर्ने पुस्तालाई साइडलाइन गरेर गरेको जमघट मात्रै हो भने त्यसलाई विशेष भन्न मिल्छ? कि यो व्यक्तिकेन्द्रित शक्ति संघर्षको अर्को अध्याय हो?

भाद्र २४ गते भएकाे Gen-Z आन्दोलन मा आफ्नै सभापतिलाई जोगाउन नसक्ने कार्यकर्ता भेलालाई के साँच्चै विशेष महाधिवेशनको आधार मान्न सकिन्छ? यदि आफ्नै नेतृत्व जोगाउन सकिँदैन भने पार्टी र देश जोगाउने दाबी कत्तिको विश्वसनीय हुन्छ?

आज जनता राम्रैसँग बुझिसकेका छन्— कांग्रेस भनेको देश लुट्ने र सत्ता पाएसम्म लम्पसार पर्ने पार्टी हो । अब त्यो छवि मेट्न ‘मैले होइन, पुराना नेताले गरेका हुन्’ भनेर देखाउन खोजिएको यो विशेष महाधिवेशन सुधार होइन, तमासा मात्रै हो।

अझ गम्भीर प्रश्न त यो हो—
कांग्रेसका महामन्त्रिहरू जिम्मेवार पार्टीकाे नेता भन्दा पनि टोल हाँक्ने नेताजस्ता व्यवहार गरिरहेका छन् । यदि आफू सही हो भन्ने दाबी छ भने वैशाखसम्म पर्खन नसकिने हतारो किन?

भोलि यही विशेष महाधिवेशनबाट गगन थापा सभापति बने भने निर्वाचन आयोगले कसलाई औपचारिक रूपमा सम्बोधन गर्ने? पार्टीको वैधानिकता र नेतृत्वको स्पष्टता कसरी सुनिश्चित हुन्छ?

आफ्नै पार्टी, नेता र कार्यकर्ता जोगाउन नसक्ने व्यक्ति पार्टीको ‘विशेष जिम्मेवारी’ मा पुगेपछि हारको दोष अरूलाई थोपर्ने, नाटक मञ्चन गर्ने र भ्रम सिर्जना गर्ने बाहेक केही बाँकी रहँदैन। यो विशेष महाधिवेशन राजनीतिक सुधारको होइन, राजनितिक कमजोरीकाे ढाकछोप गर्ने प्रयास मात्र हो भन्ने कुरा अब जनताले प्रस्ट बुझेका छन्।

Facebook
Twitter