काठमाडौं — भाद्र २३ र २४ गते देशभर चलेको जेनजी आन्दोलनका क्रममा हालसम्म नेपाल प्रहरीले कुल १४१ वटा मुद्दा दर्ता गरेको छ र ३७५ जना अभियुक्तलाई नियन्त्रणमा लिएको छ।
क्षेत्रगत विवरण अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन्। उपत्यकामा ९६ वटा मुद्दा र २१८ जना पक्राउ परेका छन्।
त्यस्तै, कोशी प्रदेशमा ४ मुद्दा र ३० जना, मधेस प्रदेशमा ६ मुद्दा र २१ जना, बागमती प्रदेशमा ११ मुद्दा र ३३ जना, गण्डकी प्रदेशमा ७ मुद्दा र ३२ जना, र लुम्बिनी प्रदेशमा ११ मुद्दा दर्ता भई २९ जना पक्राउ परेका छन्।
कर्णाली प्रदेशमा भने ३ वटा मुद्दा दर्ता भएका छन् र ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौंमा सर्वाधिक मुद्दा, जेनजी आन्दोलनमा ३७५ जना नियन्त्रणमा
truthxnepal
Facebook
Twitter
- Releted Post



