जापानमा ६.७ म्याग्निच्यूडको भूकम्प, सानो सुनामीको चेतावनी जारी
टोकियो, ९ नोभेम्बर – जापानको उत्तरी प्रशान्त क्षेत्रमा आज बिहान ६.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही मिनेटमै दुईवटा सानो सुनामी रेकर्ड भएको छ।
सरकारी अधिकारीहरूले स्थानीय बासिन्दालाई सतर्क रहन, समुद्र तटबाट टाढा बस्न र अनावश्यक रूपमा बाहिर ननिस्कन चेतावनी जारी गरेका छन्। थप सुनामीको जोखिमका कारण सम्बन्धित निकायहरूले आवश्यक सुरक्षाका उपायहरू अपनाउन र स्थानीय समाचार तथा अपडेट नियमित हेर्न निर्देशन दिएका छन्।
थप जानकारीका लागी हामी संगै रहनुहाेला।



