जनयुद्धकालीन जेल अनुभव समेटिएको पुस्तक ‘वर्गसंघर्षको विश्वविद्यालयमा ३ वर्ष’ विमोचन हुँदै

भक्तपुर । तत्कालीन जनयुद्धकालीन जेल जीवनका अनुभव समेटिएको “वर्गसंघर्षको विश्वविद्यालयमा ३ वर्ष” शीर्षकको जेल डायरी पुस्तक नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा विमोचन गरिने भएको छ।

उक्त पुस्तक आगामी १२ गते दिउँसो १२ बजे काठमाडौंको अनामनगरस्थित इच्छुक प्रतिष्ठानमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ। पुस्तकका लेखक कृष्णहरि सैँजूले जेल तथा हिरासतमा रहँदा भोगेका जीवन्त अनुभव, राज्यद्वारा दिइएका शारीरिक तथा मानसिक यातना, र जेलभित्रको राजनीतिक–सामाजिक यथार्थलाई पुस्तकमा समेटिएको जानकारी दिनुभयो।

जेल डायरी र संस्मरण गरी दुई खण्डमा विभाजित पुस्तकमा क्रान्तिकारी आन्दोलनसँग सम्बन्धित वैचारिक तथा राजनीतिक विषयवस्तुका साथै पार्टीभित्रका तितामिठा अनुभवहरू पनि उल्लेख गरिएका छन्। लेखक सैँजू नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज हुन्।

३७८ पृष्ठको उक्त पुस्तक जनप्रचार तथा प्रकाशन प्रा.लि. द्वारा प्रकाशित गरिएको हो भने यसको मूल्य ७५० रुपैयाँ निर्धारण गरिएको छ।

विमोचन कार्यक्रममा महासचिव विप्लवसहित रबिन्द्र श्रेष्ठ, लेखनाथ न्यौपाने, इन्द्र अधिकारी र जगदिशचन्द्र भण्डारीले पुस्तक विमोचन तथा परिचर्चामा सहभागी हुने कार्यक्रम रहेको छ।

Facebook
Twitter