भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीले यही कार्तिक २० गते काठमाडौंको भृकुटी मण्डपमा “स्वाधिनता, समाजवाद र सर्वदलिय अन्तरिम सरकारकाे पक्षमा” विशाल जनसभा आयोजना गर्न लागेको छ।
जनसभामा नेकपा महासचिवले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ। सो जनसभा बिहान ११ बजे सुन्धाराबाट जुलुससहित सुरु भई दिउँसो १२ बजे भृकुटी मण्डपमा मुख्य सभा हुनेछ।
यसै सन्दर्भमा नेकपा भक्तपुर जिल्ला सेक्रेटरीले भक्तपुरवासी देशभक्त, समाजसेवी, बुद्धिजीवी र आम जनतालाई कार्यक्रममा उपस्थित भई जनसभालाई सफल पार्न हार्दिक आह्वान गरेका छन्।
सेक्रेटरीका अनुसार, यो जनसभा नेपालको राष्ट्रिय स्वाधिनता, समाजवाद र सबै राजनीतिक शक्तिहरूबीच एकता कायम गरी सर्वदलिय सरकार गठनको दिशामा एउटा ऐतिहासिक कदम हुनेछ।



