काठमाडौं। बिप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल भोलि निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता हुने भएको छ। आयोग र पार्टीबीच भएको सहमतिअनुसार पार्टीलाई चुनाव चिन्ह ‘गुलाफको फूल’ प्रदान गर्ने तयारी भइरहेको छ। स्राेतका अनुसार भाेलि नै दल दर्ताकाे प्रमाणपत्र पनि दिने तयारी गरिएकाे छ ।
पार्टीले आर्थिक रूपमा आत्मनिर्भर बन्न स्वयंले तयार पारेको आर्थिक नीति, कृषि तथा औद्योगिक क्षेत्रमा गरेको विकास र व्यावहारिक कार्यक्रमका कारण पहिलोपटक चुनावमा सहभागी हुदैँ गर्दा आम सर्वसाधारण खुशी र उत्साहित देखिएका छन्।
आत्मनिर्भर बनेको पार्टीले आगामी चुनावमार्फत देशको नेतृत्व पाए देशलाई पनि आत्मनिर्भर बनाउन सकिने विश्वास जनाइएको छ।
यसअघि पार्टीले भ्रष्टाचार, कुशासन तथा देश–विदेशी माफियाविरुद्ध कडा अभियान सञ्चालन गरेको थियो। यही कारण पनि पार्टीप्रति जनताको भरोसा थप मजबुत बन्दै गएको देखिन्छ।



