नेपाल कम्युनिष्ट पार्टी (माओवादी) भक्तपुर जिल्ला समितिको पाँचौँ आवधिक योजनाको पहिलो पूर्ण बैठक सम्पन्न भएकाे छ ।
भ्क्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी) भक्तपुर जिल्ला समितिको पाँचौँ आवधिक योजनाअन्तर्गतको पहिलो पूर्ण बैठक मिति २०८२ मंसिर २७ गते शनिबार दुधपाटीस्थित ख्वप्प गार्डेनमा दिउँसो २ बजे बसेकेा थियाे ।
बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी आर्यान सीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पार्टी केन्द्रीय समिति सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज विवेक सीको उपस्थिति रहेको थियो।
बैठकमा जिल्ला सेक्रेटरी आर्यान सीले भक्तपुर जिल्लामा पार्टीले सञ्चालन गर्दै आएका राजनीतिक, सांगठनिक तथा उत्पादनसम्बन्धी गतिविधिहरूलाई आगामी दिनमा अझ व्यापक रूपमा विस्तार गर्दै लैजाने धारणा राख्नुभयो। उहाँले पार्टी केन्द्रको नीति तथा निर्देशनअनुसार जिल्ला पार्टीलाई चुनावी मोर्चामा अगाडि बढाइने बताउँदै पुराना संसदवादी, दलाल पुँजीवादी शक्तिहरूविरुद्ध पार्टीलाई अझ एकजुट र मजबुत बनाउँदै लैजाने स्पष्ट गर्नुभयो। साथै जिल्लामा छरिएर रहेका देशभक्त तथा समाजसेवी व्यक्तिहरूलाई पार्टीमा समेट्दै अघि बढ्ने नीति लिइने पनि उहाँले उल्लेख गर्नुभयो।
प्रमुख अतिथि तथा जिल्ला इन्चार्ज विवेक सीले केन्द्र र प्रदेशबाट प्राप्त जिम्मेवारीहरूलाई जिल्ला पार्टीले गम्भीरतापूर्वक पूरा गर्नुपर्ने निर्देशन दिनुभयो। उहाँले राजनीतिक तथा वैचारिक संघर्षलाई चुनावी मोर्चासँगै समानान्तर रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले हिजो र आज पनि असली माओवादी आफूहरू नै भएको दाबी गर्दै प्रचण्ड नेतृत्वका कारण माओवादी आन्दोलन बदनाम बनाइएको सन्दर्भ उल्लेख गर्नुभयो। यस्तो अवस्थामा वास्तविक माओवादी कस्तो हुन्छ भन्ने कुरा जनताको समस्या बुझेर, अनुशासन र असल माअाेवादी आचरणमार्फत प्रमाणित गर्नुपर्ने निर्देशन दिनुभयो।
पार्टी चुनावमा नजाँदा अझ खराब व्यक्तिहरू सत्ता र सरकारमा हावी हुने खतरा रहेको बताउँदै उहाँले त्यसलाई रोक्न पार्टीले असल र जनमुखी प्रतिनिधि खडा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि विस्तृत समीक्षा गरिएको थियो।
बैठकमा केन्द्रिय प्रतिनिधि समिती सदस्यहरू क. बिद्राेही सी, क. उज्वल सी, क. बिन्दु सी लगाएत उपस्तथित सबै जिल्ला कमिटी सदस्यहरूले आफुले निर्वाह गरेकाे जिम्वेवारीकाे रिपाेटकाे साथै जिल्ला पार्टीलाइ थप मजबुद बनाउन सुझावहरू दिनुभएकाे थियाे ।
बैठकले आगामी ६ महिनाभित्र राजनीतिक, सांगठनिक, उत्पादन तथा जनसरोकारका विषयमा जनसंघर्षसहितका महत्वपूर्ण निर्णयहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ।
बैठकको सञ्चालन जिल्ला सेक्रेटरी आर्यान सीले गर्नुभएको थियो।



