भक्तपुरमा बिप्लब नेतृत्वकाे नेकपाद्वारा मसाल जुलुस, प्रहरी हस्तक्षेपपछि समापन

भक्तपुर, च्यामासिङ — बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरले राष्ट्रिय स्वाधिनता र भ्रष्टाचारविरुद्ध शनिबार बेलुका मसाल जुलुस निकालेकाे छ।

बेलुका करिब ६ बजे ब्रमाहणीबाट सुरु भएको जुलुस च्यामासिङतर्फ अघि बढ्दै गर्दा केहि समयमै प्रहरीले हस्तक्षेप गरेको थियो। करिब पाँच मिनेटसम्म प्रहरी र प्रदर्शनकारीबीच धक्कामुक्कि भएपछि मसाल जुलुस त्यहीँ समापन गरिएको थियो।

जुलुसको नेतृत्व पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी आर्यान सीले गर्नुभएको थियो। कार्यक्रममा करिब ५० जना नेता–कार्यकर्ता सहभागी थिए भने उल्लेखनीय संख्यामा स्थानीयवासीहरूको समेत सहभागिता रहेको पार्टीले जनाएको छ।

प्रहरी हस्तक्षेपपछि प्रदर्शनस्थलमा नाराबाजी गरिएको थियो। पार्टीका अनुसार, अनावश्यक प्रहरी दमनका विरुद्ध स्थानीयवासी र कार्यकर्ताहरू आक्रोशित बनेका थिए।

जुलुसपछि जिल्ला सेक्रेटरी आर्यान सीले कार्यक्रममा सहभागी सबै पार्टी नेता–कार्यकर्ता र स्थानीयहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

Facebook
Twitter